• वन तथा वातावरण मन्त्रालय सम्बन्धी विषयमा प्राविधिक सूचना तथा सेवा प्रवाह,
  • प्रदेशस्तरमा जलाधार संरक्षण तथा जल उपयोग नीति प्रविधि विकास र व्यवस्थापन,
  • प्रदेशभित्र भूस्खलन नियन्त्रण,
  • जोखिमयुक्त क्षेत्र पहिचान जोखिमयुक्त पूर्वाधारको संरक्षण तथा मर्मत संभार,
  • प्रदेशस्तरमा वातावरणीय संरक्षण तथा स्वच्छता सम्बन्धी प्रविधि विकास र व्यवस्थापन,
  • प्रदेशस्तरमा वातावरणीय सूचना प्रणालीको स्थापना,
  • प्रदेशस्तरमा वातावरणीय जोखिमका लागि तयारी तथा उद्दार,
  • प्रदेशस्तरमा वातावरणीय प्रयोगशालाको स्थापना संचालन र व्यवस्थापन तथा वातावरण मैत्री शासकीय प्रबन्ध,
  • प्रदेशस्तरमा ठोस वायू तरल जल ध्वनी तथा विद्युतीय लगायत प्रदुषणको मापदण्ड निर्धारण कार्यान्वयन अनुगमन र नियन्त्रण,
  • प्रदेशस्तरमा न्यून कार्वनमुखी तथा वातावरण मैत्री विकास प्रक्रिया र हरित क्षेत्र प्रवर्धन,
  • प्रदेशस्तरमा वातावरण संरक्षण क्षेत्र तथा प्राकृतिक सम्पदाको संरक्षण र संम्वर्धन
  • प्रदेशभित्र वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धि, वातावरणीय सुशासन तथा परीक्षण
  • माननीय मन्त्रीज्यू तथा सचिवबाट त्यस महाशाखा वा अन्तर्गत शाखाहरुले गर्ने भनी तोक आदेश भएका वा लिखित वा मौखित रुपमा तोकिएका विषयहरु