वन तथा वातावरण मन्त्रालय, वाग्मती प्रदेश, हेटाैँडाले प्रदेश वन ऐन, २०७६ लाई संशाेधन गर्न तयार पारिएकाे मस्याैदा माथि वन, वातावरण क्षेत्रका सराेकारवालाहरूबाट राय सुझाव संकलन गर्ने कार्य आज एक अवसरमा सम्पन्न गरेकाे छ ।