विश्व वातावरण दिवस २०२६
विश्व वातावरण दिवस २०२६ को अवसरमा वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशको सहकार्यमा वातावरण तथा जैविक विविधता संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले “साइकल यात्रा–२०८३” कार्यक्रम सफलतापूर्वक आयोजना गरिएको थियो। कार्यक्रमले स्वच्छ वातावरण, हरित विकास, प्लास्टिक न्यूनीकरण तथा प्रकृति संरक्षणको सन्देश प्रवाह गर्दै दिगो र वातावरणमैत्री जीवनशैली अपनाउन सबैलाई प्रेरित गरेको छ। जलवायु परिवर्तनका चुनौतीहरूलाई सामना गर्न तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा नागरिक सहभागिता बढाउन यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यमका रूपमा रहेका छन्। मन्त्रालयले “समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नारालाई आत्मसात गर्दै वातावरण संरक्षणप्रति सबै सरोकारवालाहरूलाई एकजुट हुन आह्वान गरेको छ।





