वि.सं:
नेपाल संवत: ११४६ चौलागा द्वितीया - १७
२७ माघ, २०८२
बागमती प्रदेश स्तरीय प्रथम सालक सम्मेलन चितवनको माडीमा सम्पन्न भएको छ।
बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको संयोजन सम्मेलन भएको हो । प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बरालको अध्यक्षता एवम् वन मन्त्री माननीय भरत बहादुर के.सी. ज्यू को प्रमुख आतिथ्यतामा सम्मेलन भएको छ ।
सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षण गर्नुपर्ने कारण, अवैध सिकार तथा तस्करीका चुनौती र भावी कार्यदिशाबारे विस्तृत छलफल गरिनुका साथै सालकको वासस्थान तथा आहार संरक्षणका विषयमा छलफल गरिएको छ । एक दिने सम्मेलनले “माडी घोषणा-पत्र” जारी गर्दै सालक संरक्षणलाई अभियानका रूपमा अघि बढाउने जनाएको छ ।

