प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८

कार्बन व्यापार नियमावली, २०८२ काे अभिमुखीकरण तथा राष्ट्रिय कार्वन रजिष्ट्री बिकासका लागि हेटाैँडामा बागमती प्रदेशस्तरीय परामर्श गाेष्ठी

नेपालमा कार्बन व्यापारलाई संस्थागत, नियमन तथा व्यवस्थापन गर्नकाे लागि हालै कार्बन व्यापार नियमावली, २०८२ जारी गरिएकाे छ । नेपालले कार्बन व्यापारमा धेरै अघिदेखि नै संलग्नता देखाएकाे भए तापनि नयाँ अवधारणाका साथ साेही कार्यकाे संस्थागत बिकासकाे लागि आएकाे कार्बन व्यापार नियमावली, २०८२ काे अभिमुखीकरण तथा राष्ट्रिय कार्वन रजिष्ट्री बिकासका लागि हेटाैँडामा बागमती प्रदेशस्तरीय परामर्श गाेष्ठी सम्पन्न भएकाे छ । 

बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव डा. श्री केदार बरालज्यूकाे अध्यक्षतामा सञ्चालित गाेष्ठीमा हालै जारी कार्बन व्यापार नियमावली कार्यान्वयन गर्दै सूचना प्रविधीकाे प्रयाेग मार्फत कार्बन रजिष्ट्रीकाे बिकास र सञ्चालनकाे लागि सहभागी वन वातावरण तथा नीति तर्जुमामा संलग्न सराेकारवालाहरूले सुझाव प्रस्तुत गरेका छन्।

कार्यक्रममा ई. वीर बहादुर रावलले कार्बन र कार्बन व्यापार अवधारणा तथा कार्बन व्यापार नियमावली २०८२ का प्रावधान तथा ई. द्वय सगुन धाख्वा र श्रीजन राम श्रेष्ठले कार्बन रजिष्ट्री र साेही प्रयाेजनकाे लागि निर्माणाधीन वेभ आधारित सफ्टवेयर बारे प्रस्तुतीकरण गर्नुभएकाे थियाे ।