वि.सं:
नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८
२४ कात्तिक, २०८२
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री श्री भरत बहादुर के. सी. ज्यूकाे प्रमुख अभिभावकत्त्वमा डिभिजन वन कार्यालय सिन्धुपाल्चाेक र काभ्रेपलाञ्चाेककाे छुट्टाछुट्टै पञ्चवर्षीय रणनीतिक आवधिक याेजनाकाे प्रस्तुती सम्पन्न भै सुझाव संकलन सम्पन्न भएकाे छ ।
आ. व. २०८१/८२ देखि आ. व. २०८५/८६ सम्मकाे अवधिकाे लागि तर्जुमा भएकाे कार्ययाेजना राष्ट्रिय वनकाे रणनीतिक याेजना अन्तर्गत तयार गरिएकाे हाे ।
छलफल कार्यक्रममा प्रदेश सचिव डा. श्री केदार बरालज्यू, प्रदेश वन निर्देशक श्री विद्यानाथ झाज्यू, सिन्धुपाल्चाेक र काभ्रेपलाञ्चाेकका डि. व. अ. क्रमश: श्री मदन कँडेल र श्री कृष्ण बहादुर थापा, वन निर्देशनालयका डि.व.अ.ज्यूहरू, प्रदेश मन्त्रालय र निर्देशनालयका वन अधिकृतहरू, रेञ्जर, सूचना अधिकारी, सूचना प्रविधी अधिकृत, वातावरण निरीक्षक लगायतकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा सहभागीहरूबाट उठेका जिज्ञासाहरूकाे सम्बाेधन सिन्धुपाल्चाेक र काभ्रेपलाञ्चाेकका डि. व. अ. हरू तथा वन अधिकृतले गर्नुभएकाे थियाे ।
मन्त्री श्री के. सी. ज्यूले कार्यक्रमकाे समापन गर्दै प्राप्त पृष्ठपाेषण र सुझावकाे आधारमा कार्ययाेजनाहरू परिस्कृत भएर स्विकृतिकाे लागि पेश हुने विश्वास व्यक्त गर्नुभयाे ।





_QED1c9wnIj_xxdtyez.jpeg)




