• प्राकृतिक वन व्यवस्थापन, नर्सरी तथा वृक्षारोपण, वृक्षसुधार लगायतका विषयमा अनुसन्धान तथा नतिजा प्रकारण गर्ने,
  • पहाडी तथा तराई क्षेत्रमा वन सम्बर्द्धन तथा कृषि वन प्रणालीहरुको अध्ययन गरी विभिन्न मोडेलहरु परिक्षण गर्ने प्रोटोकल निर्माण गर्ने,
  • िजि वन विकासका लागि निजि वन धनीहरुको सहकारी स्थापना गर्न मापदण्ड तथा नीति तयार गर्ने गराउने,
  • चुरे र मध्य पहाडमा हैसियत बिग्रेको जमिन पुर्नस्थापनाको लागि प्रजाति परिक्षण गर्ने, प्रोटोकलको आधारमा व्यवस्थापन योजना तयारी तथा कार्यान्वयन गर्ने गराउने,
  • राष्ट्रिय तथ्याङ्क कार्यालय र सरोकारवाला पक्षहरुसंग छलफल गरी वन क्षेत्रबाट दिगो विकास लक्ष्य पुरा हुन सक्ने योगदान बारे अध्ययन गर्न प्रोटोकल तयार गर्ने,
  • सक्रिय वन व्यवस्थापनका लागि आवश्यक नीति प्रणाली कार्यविधि तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने,
  • गुणस्तरीय वन बीउ उत्पादनको लागि बीउ बँगैचा निर्माण तथा व्यवस्थापन कार्य गर्ने गराउने,
  • वन क्षेत्रको उत्पादन र उत्पाकत्व बढाउन गुणस्तरीय बीउको उत्पादन एवं परीक्षणको लागि अध्ययन अनुसन्धान एवं प्रसारका कार्य गर्ने गराउने,
  • लोपोन्मुख एवं बहुमुल्य वन प्रजाति / गैरकाष्ठ वन पैदावारको आनुवांशिक स्रोत संरक्षण एवं व्यवस्थापन कार्य गर्ने गराउने,
  • सरकारद्धारा व्यवस्थित वनको एकिन गरी वन क्षेत्रको सम्वर्द्धन कार्य गरी उत्पादन एवं उत्पादकत्व बढाउने,
  • वृक्षारोपणको लागि दिगो तथा गुणस्तरीय वीउ उत्पादन वीउ वगैचा स्थापना र व्यवस्थापन,
  • प्रदेश भित्र वृक्षारोपण तथा संभारसम्बन्धी नीति कानुन तथा मापदण्ड कार्यान्वयन र नियमन,
  • वन प्रमाणीकर(Forest Certification) का लागि आवश्यक समन्वय, सहकार्य गरी प्रकृया अगाडि बढाउन पहल गर्ने,
  • नियमित मुल्याकंनबाट प्राप्त सुझावलाइ लागू गर्ने व्यवस्था मिलाउने मिलाउन लगाउने,
  • महाशाखाको प्रकृतिसँग मिल्ने प्रचलित ऐन तथा नियमावलीले तोकिए बमोजिम र तोकिने अन्य कार्यहरु गर्ने,
  • माननीय मन्त्रीज्यू तथा सचिवबाट त्यस महाशाखा वा अन्तर्गत शाखाहरुले गर्ने भनी तोक आदेश भएका वा लिखित वा मौखित रुपमा तोकिएका विषयहरु ।